मोरङमा देउसी भैलो दश बजेसम्म मात्र

मोरङमा देउसी भैलो दश बजेसम्म मात्र

विराटनगर : तिहारमा खेलिने देउसी,भैलो, राती १० बजेपछि नखेल्न प्रशासनले अनुरोध गरेको छ । दशैँ तिहार तथा छठ पर्वमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागु गरेको मोरङ प्रहरीले रातीको समयमा देउसी भैलो नखेल्न अनुरोध गरेको हो ।
प्रहरीले तिहारको तथा छठ पर्वमा हुन सक्ने सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै सुरक्षा सर्तकता बढाएको छ । मानिसको बढी चहलपहल हुने स्थानमा प्रहरीको टोली परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार सुरक्षा चुनौती भएका स्थानमा सादा पोशाक र साईकल गस्तीबाट पनि निगरानी बढाईएको छ ।

प्रहरीले तिहार तथा छठमा होटल तथा रेष्टुरेन्टहरुलाई १० दश बजे अघिनै बन्द गर्न पनि सुचना जारी गरेको छ ।मादक पदार्थ सेवन गरी सवारी चलाएर हुनसक्ने सवारी दुर्घटना नियन्त्रण गर्न प्रहरीले मापसे कर्तालाई परीक्षा लिँदै कारबाही गर्ने गरेको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.