कर्मचारी समायोजनमा सरकारको नीति : ‘कि जाऊ, कि छाड’

कर्मचारी समायोजनमा सरकारको नीति : ‘कि जाऊ, कि छाड’

काठमाडौं : कर्मचारीलाई पहिले रोज्‍न लगाउने, नरोजे केन्द्रले आफैँले खटाउने र खटाएको ठाँउमा नजानेलाई अवकास गर्नेसम्मको व्यवस्‍था कर्मचारी समायोजन ऐनमा राखिएको छ।

समायोजन नरोज्‍न कर्मचारीलाई केन्द्रले प्रदेश  र स्सथानीय तहमा खटाउने संघीय तथा सामान्‍य प्रशासन मन्त्रालयका निमित्त सुचिव शुरेस अधिकारीले जानकारी दिए। , यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

बाटोको म्‍यादबाहेक ३५ दिनभित्र कर्मचारी समायोजन गरिएको प्रदेश र स्थानीय तहमा हाजिर हुनु पर्नेछ। ९० दिनभित्र पनि हाजिर नहुने कर्मचारीलाई अवकास दिन सक्‍ने व्यवस्था गरिएको छ।

कि पठाएका ठाँउमा जानु पर्‍यो कि छोड्नु पर्‍योू मन्त्रालयका निमित्त सचिव अधिकारीले भने । कर्मचारी समायोजनाको लागि कर्मचारीको नाम, थर, ठेगनासहितको सम्पूर्ण विवरण सफ्टवेयर मै तयार पारिने जनाइएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.