एजेन्सी,कात्तिक २१
ट्रेलर केही दिन अघि सार्वजनिक भएको बलिउड चलचित्र ‘जिरो’को ट्रेलर विवादमा परेको छ ।बलिउड अभिनेता शाहरुख खान अभिनीत ‘जिरो’मा भिन्न भूमिकामा देखिएका कारण उनको यति बेला निकै चर्चा भइरहेको छ ।
तर, ट्रेलर भने विवादमा आएको छ । ट्रेलरमा शाहरुखले सिख समुदायको कृपाण लगाएका छन् । उक्त कृपाणलाई शाहरुखले साधारण चक्कु जसरी प्रयोग गरिएको भन्दै दिल्ली सिख गुरुध्वार मेनजमेन्ट कमिटीका जनरल सेक्रेटरी मनजिंदर सिंह सिरसाले क्रिमिनल केस हालेको छन् ।
छोटो सिन भएता पनि उक्त सिन माथि आपत्ति जनाउँदै मनजिंदरले मुद्दा हालेका हुन् । साथै उनले शाहरुख र चलचित्रकी निर्मात्री गौरी खानलाई उक्त सिन नहटाए कानुनी कार्य विरुद्ध जाने चेतावनी दिएका छन् ।
चलचित्र जिरोमा शाहरुखको साथै कैटरिना कफै, अनुष्का शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।









