विराटनगर, कात्तिक २१
सुनसरीको इटहरी स्थित गोरखा डिपार्टमेन्ट स्टोर अगाडि रहेको पसलमा भीषण आगलागी भएको छ ।
आगलागी नियन्त्रणका लागि इटहरीका २ वटा दमकल घटनास्थलमा रहेका छन ।
प्रहरी, सेना तथा स्थानीयको थप सहयोगमा आगो निभाउने प्रयास जारी रहेको छ । पसल रहेको घरमा लागेको आगलागीको कारण र थप विवरण भने आउन बांकी ।