काठमाडौँ, कात्तिक २५
सफल चलचित्र ‘जात्रा’को सिक्लेव ‘जात्रै जात्रा’को टिजर रिलीज भएको छ । चलचित्रको टीजर शनिवार यूट्युबमा सार्वजनिक गरिएको हो ।
चलचित्र‘जात्रै जात्रा’मा दयाहांग राई, बिपिन कार्की, बर्षा राउत, रबिन्द्रसिंह बानिया, रविन्द्र झा लगायतको प्रमूख भूमिका छ ।
यस चलचित्रमा अभिनेता दयाहाङ राई गाँसिएका छन् ।‘जात्रा’मा भने दयाहांगको अभिनय थिएन । टीजरमा जात्राको बेलामा भागिरहेका तीन कलाकारहरु दयाहाङ राईको जालमा परेको देखाईएको छ ।
प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रको निर्माताको रुपमा सिंगे लामा र यादव पौडेल रहेका छन् । चलचित्रको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ रहेको यो चलचित्र फागुन १७ गते देखी प्रदर्शनमा आउने जनाईएको छ ।









