एजेन्सी, कात्तिक २६
तीव्र गतिका बलर तथा अलराउण्डर सोमपाल कामी र लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको डाफ्टमा पर्न सफल भएका छन् ।
लेग स्पिनर सन्दीप लामिछाने भने गोल्ड क्याटगरिमा परेका छन् भने सोमपाललाई सिल्भर क्याटगरि विदेशी खेलाडीको सूचिमा राखिएको छ । आईतबार जारी गरिएको ड्राफ्टमा खेलाडीलाई ५ क्याटगरीमा राखिएको छ ।
ड्राफ्ट नोभेम्बरमा २० मा इस्लामबादमा हुने जनाईएको छ । गोल्ड क्याटगरिका खेलाडीले कम्तिमा ५० हजार डलर प्राप्त गर्नेछन् । सिल्भर क्याटगरिका खेलाडीले न्युनतम २२ हजार अमेरिकी डलर पाउने प्रावधान रहेको छ ।
चौथो संकरणको पाकिस्तान सुपर लिग सन् २०१९ को १७ फेब्रुअरी देखी १७ मार्च सम्म युएई र पाकिस्तानका शहरमा हुने छ । डबल राउण्ड रोविनका आधारमा खेलाईने प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ । यदी ड्राफ्टमा सोमपाललाई कुनै टिमले छनोट गरेको खण्डमा उनी विदेशी व्यवसायिक लिग क्रिकेट खेल्ने नेपालका दोस्रो खेलाडी हुने छन् ।
थुप्रै विदेशी लिगमा अनुबन्ध भइसकेका सन्दीपको ड्राफ्टमा छनोट हुने सम्भावना बलियो छ । गत संकरणमा सन्दीप ड्राफ्टमा परेपनि कसैले छनोट गरेका थिएनन् ।