प्रियंका चोपडाको विवाहको तस्बिर १८ करोड रुपैयाँमा बिक्री हुने

प्रियंका चोपडाको विवाहको तस्बिर १८ करोड रुपैयाँमा बिक्री हुने

एजेन्सी, कात्तिक २६
बलिउड अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनसको विवाहको तस्बिर प्रकाशन गर्न १८ करोड रुपैयाँमा अन्तराष्ट्रिय म्यागजिनसँग सम्झौता हस्ताक्षर भएको छ । पछिल्लो समय उनीहरुको विवाहको चर्चा भारतीय सञ्चारमाध्यममा बढीरहेको छ ।

चलचित्रसम्बन्धी खबर प्रकाशित गर्ने वेबसाइट फिल्मफेयरका अनुसार प्रियंका र निकको विवाहको तस्बिर प्रकाशनका लागि एक अन्तर्रा्ष्ट्रिय म्यागजिनसँग २५ लाख डलर अर्थात १८ करोड भारतीय रुपैयाँमा सम्झौता हस्ताक्षर भएको छ ।

खबरका अनुसार यो हाइप्रोफाइल विवाहको तस्बिर प्रकाशित गर्नका लागि प्रकाशकहरु समावेश भएका थिए । मिडिया रिपोर्टले जनाए अनुसार प्रियंका र निकको विवाहको तस्बिर प्रकाशन गर्ने म्यागजिनको नाम खुलाइएको छैन ।

उनीहरुको विवाह अर्को महिना राजस्थानको जोधपुरमा हुने तय भएको छ । विवाह जोधपुरको उम्मेद भवनमा हुनेछ । विवाह समारोह ३० नोभेम्बरदेखि २ डिसेम्बरसम्म चल्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.