भारतको राजदुतमा निलाम्बर आचार्य सिफारिस

भारतको राजदुतमा निलाम्बर आचार्य सिफारिस

काठमाडौँ,कात्तिक २६
सरकारले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ । गएराति बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको हो । आचार्य पूर्वकानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्य समेत हुन ।

सरकारले यसअघि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । तर, सत्तारुढ नेकपाभित्रै विवाद भएपछि यो निर्णय कार्यान्वयनमा आउन सकेको थिएन । मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डे र युएईका लागि नेपाली राजदूतमा कृष्ण ढकाल सिफारिस भएका छन् ।

पाण्डे पूर्वराजदूत हुनुहुन्छ भने ढकाल परराष्ट्रका सहसचिव हुन । यस्तै सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजन भट्टराई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार नियुक्त भएका छन् । भट्टराई माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि विदेश मामिला सल्लाहकार थिए ।

पूर्वसांसद समेत रहेका उनी नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) का सदस्य समेत छन् । सरकारले बैठकको औपचारिक रुपमा भने कुनै पनि निर्णय सार्वजनिक गरेको छैन । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले केही महत्वपूर्ण निर्णय भएको र नयाँ प्रवन्ध मिलाएर सार्वजनिक गरिने बताएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.