एजेन्सी, कात्तिक २६
पहिलो दिन बक्सअफिसमा जबरजस्त कलेक्सन गरेको बलिउड सुपरस्टार आमिर खान र अमिताभ बच्चन स्टारर फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को ब्यापार ओरालो लागेको छ । क्रिटिक्स र दर्शकको रियाक्सनपछि फिल्मको विजनेशमा निकै नोक्सान भएको हो ।
पहिलो दिन ५२ करोड कमाएको फिल्मले दोस्रो दिन २८ करोड मात्र ब्यापार गरेको थियो भने तेस्रो दिन जम्मा २२ करोड कमाएको छ । तेस्रो दिनको कमाईसँगै फिल्म तीन दिनमा नै सय करोड क्लबमा इन्ट्री भएको छ । फिल्मले पहिलो दिन ५२ करोड ७५ लाख, दोस्रो दिन २८ करोड २५ लाख र तेस्रो दिन २२ करोड ७५ लाखको कमाई गरेको छ ।
‘झुर’ रेस्पोन्ससँगै फिल्मको कलेक्सनमा ठूलो गिरावट आउन थालेको छ । फिल्मको विजनेशमो दोस्रो दिन ४४.३३ प्रतिशत तथा तेस्रो दिन १९.४७ प्रतिशत गिरावटमा आएको छ । यो फिल्म फिलिप टेलर्सको उपन्यास ‘कन्फेशन अफ ठग्स’ मा आधारित छ ।
विजय कृष्ण आचार्यले निर्देशन गरेको सो फिल्म फिल्म तीन भाषामा रिलिज भएको छ । हिन्दीसँगै फिल्मलाई तमिल र तेलुगूमा पनि डब गरिएको छ । फिल्ममा अमिताभ बच्चन (खुदाबक्श), आमिर खान (फिरंगी), फातिमा सना शेख (जफीर), कटरीना कैफ (सुरैया) र लायड (जोन क्लाइव) को भूमिकामा छन् ।
आमिरको नाममा यस्तो रेकर्ड
-वर्ष २०१३ मा रिलिज भएको यशराज ब्यानरको तल बनेको फिल्म ‘धूम ३’ ले पहिलो दिन धमाकेदार कमाई गरेको थियो । यसको (तमिल र तेलुगू भर्जन मिलाएर) कुल ३६ करोड २२ लाखको ओपनिङ गरेको थियो ।
– वर्ष २०१६ मा आएको फिल्म ‘दंगल’ ले कमाईको मामलामा सबै रेकर्ड आफ्नो नाम गरेको थियो । यो फिल्मले पहिलो दिन बक्सअफिसमा (तमिल र तेलुगू भर्जन मिलाएर) २९ करोड ७८ लाखको कमाई गरेको थियो ।
– ठूलो ओपनिङ हासिल गर्ने मामलामा आमिरको चौथो फिल्म ‘पिके’ हो । वर्ष २०१४ मा आएको यो फिल्मले पहिलो दिन भारतीय बजारमा २७ करोड कमाएको थियो ।
– आमिरको पाँचौ ठूलो ओपनिङ हासिल गर्ने फिल्म हो ‘तलाश’। वर्ष २०१२ मा रिलिज भएको फिल्मले पहिलो दिन १३ करोड कमाएको थियो ।









