विश्व मधुमेह दिवसमा विराटनगरमा निःशुल्क मधुमेह परीक्षण

विश्व मधुमेह दिवसमा विराटनगरमा निःशुल्क मधुमेह परीक्षण

विराटनगर, कात्तिक २६
विश्व मधुमेह दिवशको अवसरमा विराटनगरमा निःशुल्क मधुमेह परीक्षण शिविर गरिने भएको छ ।

लायन्स/लियो क्लव अफ विराटनगरले विश्व मधुमेह दिवसको अवसरमा कात्तिक २८ गते प्राथमिक उपचार तथा मधुमेह परीक्षण शिविर सञ्चालन गर्ने भएको हो ।

लियो क्लव अफ विराटनगरका अध्यक्ष कुशल साहले शिविरले मधुमेह नियन्त्रणका लागि केही सहयोग गर्ने भएकोले सामाजिक उत्तरदायित्व वहन गर्ने सो कार्यक्रम गर्न लागेको बताए।

विराटनगरको केशलिया रोडमा सञ्चालन गरिने सो शिविरलाई लाईफ गार्ड हस्पिटलले समन्वय गर्ने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.