लागूऔषध सहित २ पक्राउ

लागूऔषध सहित २ पक्राउ

मोरङ, कार्तिक २७

मोरङको कटहरी गाउँपालिका–२ स्थित रेल्वे ट्रयाकबाट प्रहरीले सोमबार लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको टोलीले लागूऔषध सहित कटहरी गाउपालिका–२ बस्ने २९ वर्षीय मोहम्मद महताज र २० वर्षीय अनिल कुमार यादवलाई पक्राउ गरेको हो ।

उनीहरुलाई राती करिब १० बजेको समयमा शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषध नाईट्रोसन ट्याब्लेट–९१ पिस, स्पास्मोप्रोक्सिभन–७ पिस बरामद गरिएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.