विराटनगरका मेयर पराजुली दण्ड प्रणाम गर्दै सिंघिया घाटमा

विराटनगरका मेयर पराजुली दण्ड प्रणाम गर्दै सिंघिया घाटमा

विराटनगर, कार्तिक २७
तराईवासीको महत्वपूर्ण पर्व छठको ब्रत बसेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली दण्ड प्रमाण गर्दे सिंघिया खोलास्थित घाट गएका छन् ।

१५ औ पटक तीन किलोमिटर दण्ड प्रमाण गर्दै उनी छठको घाटस्थल सिंघिया खोला गएका हुन् । १५ बर्षयता हरेक बर्ष छठ माताको ब्रत बस्दै आएका पराजुलीले १५ औँ पटक दण्ड प्रणाम गर्दै सिंगिया नदीमा यस पटकपनि छठको पूजा गर्ने बताए ।

मेयरमा निर्वाचित भएपछि उनको यो दोस्रो छठ पुजा हो । हरेक बर्ष आफुले गर्दै आएको धार्मिक कार्यलाई यो बर्ष पनि निरन्तरता दिएको भीम पराजुलीले जानकारी दिए ।

धर्म प्रति बढी नै आस्था राख्ने पराजुलीले ब्रत बसी करिब ३ किलो मिटरको दुरी सुतेर चिनो लगाउदै नदीसम्म गएका छन् । मेयर पराजुलीले आफ्नो घर छेउमा रहेको शिव पाञ्चायन मन्दिरबाट मंगलवार दिउसो साढे १२ बजे दण्ड प्रणाम गर्दै घाट गएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.