विराटनगर, कात्तिक २७
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पुस मसान्त भित्र कर्मचारी समायोजन सक्नेगरि प्रकृया अघि बढाइएको बताएका छन् ।
मंगलबार अपरान्ह विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुराकानी गर्दे उनंले आउदो पुस मसान्तभित्र कर्मचारी समायोजन सक्ने लक्ष्य सहित काम गरिरहेको सरकारले त्यसका निम्ति आवश्यक पर्ने ऐननियम बनाउने काम गरिरहेको बताए ।
उनंले अहिले अस्थायी ब्यवस्थापन अन्र्तगत प्रदेश र स्थानिय तहहरुमा कर्मचारीहरु खटाइएको बताउदै अब उपरान्त स्थायीरुपमा कर्मचारीहरुलाई कार्यस्थलमा खटाइने बताए ।
लक्ष्यभित्रै समायोजन सक्ने उद्धेश्यसहित काम गरिरहेको सरकारले ऐन बनेपछि प्रदेश र स्थानिय तहमा आवश्यक कर्मचारी पठाइने उनले बताए। ।
मन्त्री पण्डितले प्रदेश र स्थानिय तहलाई आवश्यक थप कर्मचारीकालागि लोकसेवा आयोगले छिट्टै भर्ना प्रकृया शुरु गर्न लागेको समेत बताए ।
उनले प्रदेश लोकसेवा आयोग नबनुञ्जेल केन्द्रमा रहेको लोकसेवा आयोगबाटै आवश्यक कर्मचारी भर्ना गरिने प्रष्ट पारे ।उनले छठ पछि सरकारको काम कारवाहीले गति लिने पनि बताए ।