आकाशले छाडे ‘वीर विक्रम २’, उनको ठाउँमा पल

आकाशले छाडे ‘वीर विक्रम २’, उनको ठाउँमा पल

काठमाडौँ, कात्तिक २७
निर्माण हुन लागेको नेपाली चलचित्र ‘वीर विक्रम २’ अभिनेता पल शाहले गर्ने फाईनल भएको छ । अर्का अभिनेता आकाश श्रेष्ठले गर्ने भनिएको सो चलचित्रमा आकाशले छाडेपछि पलको नाम फाईनल भएको हो ।

सोमबार दिउँसो नायक आकाश श्रेष्ठले फेसबुक मार्फत आफूले ‘वीर विक्रम २’ छाडेको स्टाटस लेखेका थिए । उनले स्टाटस लेखेको केही समय भित्र नै यो चलचित्रमा अर्का नायक पल शाह फाइनल भएका छन् ।

सोमबार चलचित्र निर्माण टिम र नायक पल शाह बिच कागजी सम्झौता भएको छ । यो चलचित्रका पलको अपोजिट वर्षा सिवाकोटी छिन् भने अर्का नायक नाजिर हुसेन पनि छन् ।

चलचित्रमा पल, नाजिर र वर्षाको अलावा बुद्धि तामाङको पनि मुख्य भूमिका रहेको छ । चलचित्रलाई मिलन चाम्सले निर्माण तथा निर्देशन गर्ने भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.