काठमाडौँ, कात्तिक २७
निर्माण हुन लागेको नेपाली चलचित्र ‘वीर विक्रम २’ अभिनेता पल शाहले गर्ने फाईनल भएको छ । अर्का अभिनेता आकाश श्रेष्ठले गर्ने भनिएको सो चलचित्रमा आकाशले छाडेपछि पलको नाम फाईनल भएको हो ।
सोमबार दिउँसो नायक आकाश श्रेष्ठले फेसबुक मार्फत आफूले ‘वीर विक्रम २’ छाडेको स्टाटस लेखेका थिए । उनले स्टाटस लेखेको केही समय भित्र नै यो चलचित्रमा अर्का नायक पल शाह फाइनल भएका छन् ।
सोमबार चलचित्र निर्माण टिम र नायक पल शाह बिच कागजी सम्झौता भएको छ । यो चलचित्रका पलको अपोजिट वर्षा सिवाकोटी छिन् भने अर्का नायक नाजिर हुसेन पनि छन् ।
चलचित्रमा पल, नाजिर र वर्षाको अलावा बुद्धि तामाङको पनि मुख्य भूमिका रहेको छ । चलचित्रलाई मिलन चाम्सले निर्माण तथा निर्देशन गर्ने भएका छन् ।









