इनरुवाको सखुवागाछीमा आगलागी

इनरुवाको सखुवागाछीमा आगलागी

विराटनगर, कात्तिक २७
इनरुवाको सखुवागाछी स्थित सुरेन्द्र दुलालको दुईतले घरमा आगलागी हुँदा घर जलेर पूर्ण रूपले नष्ट भएको छ । बिजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

घरसहित सम्पूर्ण सामाग्री आगलागीमा परेर नष्ट भएको बताइएको छ । क्षतिको विवरण भने आउन बाँकी छ । सुरक्षाकर्मी,स्थानीयसहित इटहरी र दुहवीका दमकलले आगो निभाइरहेका छन् ।

इनरूवाको दमकल भने नआएकोमा स्थानीयको आक्रोश पोखेका छन् । इनरुवा नगरपालिकाको दमकल भने बिग्रिएकाले पठाउन नसकिएको नगरपालिकाले जनाएको छ । नजिकै रहेको नगरपालिकाको दमकल समयमा गएको भए क्षति कम हुने स्थानीयको भनाइ छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.