उद्योगमा गार्ड राखेर तास खेल्ने उद्योगी धरौटीमा छुटे

उद्योगमा गार्ड राखेर तास खेल्ने उद्योगी धरौटीमा छुटे

विराटनगर : उद्योगको गोदाम घरमा सुरक्षा गार्ड राखेर तास खेलिरहेको अवस्थामा पक्राउ परेका विराटनगरका पाँच उद्योगी ब्याबसायी जनही १२ हजार धरौटी बुझाएर रिहा भएका छन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालयको आदेशपछि जनही १२– १२ हजार धरौटी बुझाएपछि उनीहरु छुटेका हुन् । बुढीगंगा गाउँपालिका १ गंगाचोकमा रहेको जुट उद्योग गोदाम घरमा सुरक्षा गार्ड राखेर तास खेलिरहेको सुचना पाएपछि पुगेको प्रहरीले ५ जनालाई १ लाख ९० हजार १ सय ४० रुपैँयासहित पक्राउ गरेको थियो ।

आईतबार बिहान करिब २ बजे पक्राउ परेका उद्योगी व्यवसायीलाई प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीको इजलासले जनही १२ हजार धरौटीमा छाड्ने आदेश दिएको हो ।

पक्राउ पर्नेमा विराटनगर–४ का ५० वर्षीय जीवन रिजाल, विराटनगर–३ का ५१ वर्षीय मुकेशकुमार अग्रवाल, विराटनगर–७ का ५१ वर्षीय विमल अग्रवाल र ३८ वर्षीय हंशराज जैन र चम्पालाल राठी रहेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.