मोरङको पूरानो सदरमुकाम रंगेली खुल्ला दिसामुक्त घोषणा

मोरङको पूरानो सदरमुकाम रंगेली खुल्ला दिसामुक्त घोषणा

विराटनगर,कार्तिक २९
मोरङको रंगेली नगरपालिका खुल्ला दिसापिसाव मुक्त नगरपालिका घोषणा भएको छ । एक कार्यक्रमको आयोजनाबा बीच नगरपालिकालाई खुल्ला दिसापिसाव मुक्त नगरपालिका घोषण गरिएकोे हो ।

खुल्ला दिसापिसाव मुक्त नगरका लागि आवश्यक सुचक पूरा गर्दे रंगेली नगरपालिकाले आफनो नगरपालिकालाई खुल्ला दिसापिसाव मुक्त नगरको रुपमा स्थापना गर्न सफल भएको हो ।

मोेरङ क्षेत्र नं.५ का प्रतिनिधी सभा सदस्य शिवकुमार मण्डलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले खुल्ला दिसापिसाव मुक्त नगरपालिकाका लागी आवश्यक रहेको सुचक लाई रंगेली नगरपालिकाले पूरा गदै नगरलाई खुल्ला दिशापिसाव मुक्त नगरपालिका घोषण गरिएको जानकारी गराएका थिए ।

सो क्रममा जिल्ला समन्वय समिती मोरङका प्रमुख एवम जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितीका मोरङ जिल्ला संयोजक नरेश पोखरेलले रंगेली नगरपालिकाका मेयर दिलिप वगडियालाई खुल्ला दिसामुक्त नगरको प्रमाणपत्र प्रदान गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.