संघीय शिक्षा ऐनको मस्यौदा तयार, शिक्षकको न्युनतम योग्यता स्नातक र स्नातकोत्तर

संघीय शिक्षा ऐनको मस्यौदा तयार, शिक्षकको न्युनतम योग्यता स्नातक र स्नातकोत्तर

काठमाडौं: सरकारले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकको योग्यता स्नातक र स्नातकोत्तर हुनुपर्ने प्रस्ताव गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय तथा शिक्षण संस्था सञ्चालन ऐन २०७५ मा सो व्यवस्था गरिएको हो ।, यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको समितिले तयार गरेको ऐनको प्रारम्भिक मस्यौदाको परिच्छेद ३ मा आधारभूत तह र माध्यमिक तहका विद्यालय शिक्षकको योग्यता क्रमशः सम्बन्धित विषयमा कम्तीमा स्नातक र कम्तीमा स्नातकोत्तर हुनुपर्ने उल्लेख गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.