एजेन्सी, कात्तिक ३०
चर्चित बलिउड कलाकार दीपिका पादुकोण र रणवीर सिंह पति–पत्नी बनेका छन् । इटलीको मिलानबाट करीब ८४ किलोमिटर टाढा लेक कोमोको किनारामा बनेको सबैभन्दा सुन्दर विला देल बलबियानेलोमा १४ र १५ नोभेम्बरमा सिन्धी र कोंकणी रितिरिवाजबाट दुईको विवाह भएको हो ।
विवाह सकिएसँगै दुबैले इन्स्टामा बिहेको तश्बिर साझेदार गरेका छन् । फोटोमा दीपवीरको इन्गेजमेन्ट औंठी पनि देखिएको छ ।
दीपिकाको औंठीको मुल्य करोडौं बताइएको छ । उनको डाइमण्ड रिङ स्क्वायर सेपमा छ । प्रायः राउन्ड सेप डाइमण्ड औंठी देख्ने गरिन्छ । यो सिंगल सोलिटेयर स्क्वायर डाइमण्ड रिङको मुल्य भारु २ करोडमाथि पर्ने समाचारमा जनाईएको छ ।
इन्गेजमेन्ट रिङका अलावा दीपिकाले अर्को औँलामा पनि औंठी लगाएकी छन् । प्रशंसकलाई उनको गेटअप निकै मन परेको छ । तस्बिरमा रणवीर सिंहको पनि औंठी देखिएको छ । तर, उनको रिङको मुल्य भने बाहिर आएको छैन । बलिउडका यी चर्चित जोडीले विवाहभन्दा अगाडि करीब ६ वर्ष डेट गरेका थिए ।

पहिलो पटक १४ नोभेम्बरमा बुधबार बिहान ७ बजे दीपिकाको परिवारको मान्यता अनुसार विवाह भएको थियो । पछि १५ नोभेम्बरमा रणवीरको परिवारको मान्यता अनुसार सिन्धी रितिरिवाजको पालन गर्दै दीपिका र रणवीर एकअर्काको भएका हुन् । यो जोडीले २८ नोभेम्बरमा मुम्बई र २१ नोभेम्बरमा बेंगलुरुमा रिसेप्सन पार्टी दिँदैछन् ।









