ए डिभिजन लिग : एनआरटीमाथि मनाङको सहज जित

ए डिभिजन लिग : एनआरटीमाथि मनाङको सहज जित

काठमाडौं, मंसिर १
जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दीले न्यू रोड टिम (एनआरटी) लाई पराजित गरेको छ । एनआरटी २–० ले स्तब्ध भएको हो ।

खेलको १७ औँ मिनेटमा मनाङले अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रमा अन्जन विष्टलाई मसुदले लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । अन्जन पेनाल्टीमा चुकेनन् ।

मनाङका प्रकाश बुढाथोकी खेलको सुरुमै मैदान बाहिरिएका थिए । मिडफिल्डमा बल बढाउने क्रममा एनआरटीका खेलाडीले प्रकाशलाई लडाउँदा ल्यान्डिङ गर्ने क्रममा काँधमा चोट लागेको थियो । त्यस लगत्तै ओलावाले आफिज पनि तिघ्रामा चोट लागेर केहि समय बाहिर रहे ।

पहिलो हाफमा ५ मिनेट बाँकी रहँदा ओलावाले आफिजले अग्रता दोब्बर पारे । उनले डिफेन्सलाई बिट गर्दै वन भर्सेस वनको स्थितिमा पेनाल्टी क्षेत्रभित्रबाट गोल गरे ।

दोस्रो हाफमा पनि आक्रमक खेल जारी राखेको मनाङले थप गोल नगरेपनि अग्रता कायम राख्न सफल भयो । लगातार दोस्रो जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा छ । एनआरटी भने १ अंकसहित मध्य तालिकामा छ

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.