विराटनगर, मंसिर १
मिथिलाको लोकपर्व सामाचकेवाको अवसरमा विराटनगरमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । सामाचकेवा महिला मञ्चको आयोजनामा स्थानिय महेन्द्रमोरङ कलेजमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका सहभागि वक्ताहरुले दाजुभाईको आरोग्यको कामनागर्दै मनाईने लोकपर्व सामाचकेवाको बिषयमा बोलेका थिए । सो अवसरमा विरेन्द्र झा र भागवत मण्डल सहितका गायक कलाकारहरुले आ–आफ्ना प्रस्तुती दिएका थिए ।

लोकपर्व सामाचकेवालाई संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक विभा दासले बताइन् ।विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दीरा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एक्टीभ मिडिया प्रालिका अध्यक्ष आभा अनुपमा,अधिवक्त एवम अधिकारकर्मी सञ्जु साह,नेपाल भारत सांस्कृतिक समाजका राजेश शर्मा र थारु महिला समाज मोरङकी अध्यक्ष कल्पना थारु लगायतले शुभकामना दिएका थिए ।