सन्दीप टी–१० लिग खेल्न यूएई जाँदै

सन्दीप टी–१० लिग खेल्न यूएई जाँदै

काठमाडौँ, मंसिर २
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने युनाइटेड अरब इमिरेट्स (यूएइ) मा आयोजना हुने टी–१० लिग खेल्न आइतबार युएई प्रस्थान गर्ने भएका छन् ।

२१ नोभेम्वरबाट शुरु हुने टी–१० लिगमा सन्दीपले टि–१० लिगमा केरला किंग्सबाट खेल्नेछन् । केरलाले २१ नोभेम्वरमा पख्तुनको सामना गर्नेछ ।

सन्दीपलाई गत महिना केरलाले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो । सन्दीपको टिममा इंग्ल्याण्ड क्रिकेट टिमका कप्तान समेत रहेका अवेन मोर्गन, क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ, मोहम्मद नाभेद जस्ता खेलाडीहरु रहेका छन् ।

टी– १० लिगमा मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बंगाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स गरी कुल ८ टिम सहभागिता रहेको छ । लिगको खेल १० ओभरको हुनेछ ।

पछिल्लो एक वर्षमा सन्दीपले इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि–२० लिग क्यानडा र अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.