‘दैलो’ र ‘गुनगुन’लाई दर्शकले रुचाए

‘दैलो’ र ‘गुनगुन’लाई दर्शकले रुचाए

काठमाडौँ, मंसिर २
शुक्रबार रिलिज भएका दुई नेपाली चलचित्र ‘दैलो’ र ‘गुनगुन’ ले घरेलु बजारमा सुखद व्यापार गरेको निर्माताले जानकारी दिएका छन् । सिंगल स्कृनमा मात्र रिलिज भएका दुबै फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलेको बताइएको छ । शुक्रवार औसत रहेको दुई चलचित्रको कलेक्सन ग्राफ शनिबार केही माथि देखिएको छ ।

निर्देशक, कलाकार तथा निर्माता सुरेश उप्रेतीले ‘दैलो’ को ‘वर्ड अफ माउथ’ राम्रो रहेको बताउँदै भने -‘शनिबार चलचित्रले देशभर सुखद व्यापार गरेको छ । सकारात्मक प्रतिक्रिया पाएका कारण आइतबारबाट दर्शक बढ्नेमा विश्वस्त छौं ।’

अर्जुन उप्रेती तथा यसोदा उप्रेतीद्धारा निर्माण गरिएको चलचित्रमा सुरेश उप्रेती बाहेक दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय छ ।

अर्को नेपाली चलचित्र ‘गुनगुन’ का निर्देशक, कलाकार तथा निर्माता पुकार भट्टराईले पनि पनि दर्शकको अपेक्षालाई पूर्ण गरेको बताउँछन् ।

उनी भन्छन्, – परिक्षामा सफल भइएला वा असफल भन्ने डर थियो । दर्शकले फिल्म रुचाइदिनु भएको छ । व्यापार पनि राम्रो छ ।

त्रिकोणात्मक प्रेमकथा वाचन गरेको चलचित्रमा ‘गुनगुन’ मा सञ्चिता लुइँटेल, रविन्द्रप्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, पुकार भट्टराई, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारीलगायतको अभिनय छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.