बिराटनगरनगरको विभिन्न स्थानबाट लुटपाट गर्ने २ जना सार्वजनिक

बिराटनगरनगरको विभिन्न स्थानबाट लुटपाट गर्ने २ जना सार्वजनिक

विराटनगर, मंसिर २

मोरङको बिराटनगर महानगरपालिकाको बिभिन्न स्थानबाट भएको लुटपाटको घटनामा संलग्न २ जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।

लुटपाटको घटनामा संलग्न भएको आरोपमा प्रहरीले सप्तरी शम्भुनाथ नगरपालिका–१२ घर भई मोरङ बिराटनगर महानगरपालिका–१२ शान्तिचौकमा डेरा गरी बस्ने बर्ष २३ को शिवराम चौधरी र मोरङ बिराटनगर महानगरपालिका–८ बस्ने बर्ष २५ को समीर कामतलाई सार्वजनिक गरिएको हो ।

कात्तिक १४ गते बिराटनगरको हाटखोलाबाट नोवेल अस्पतालतर्फ जाँदै गरेको अवस्थामा मोरङ कटहरी–२ बस्ने निरज श्रेष्ठको सामसुङ कम्पनीको व्ठ ःबह मोवाईल लुटेर फरार भएका थिए ।

त्यसैगरी कात्तिक १६ गते साँझ ६ बजे आर. के. चिल्ड्रेन अस्पताल अगाडीबाट मोरङ कानेपोखरी गाउँपालिका–३ घर भई हाल बिराटनगर–८ बस्ने हिना राजवंशीको नगद १८ हजार ४ सय, घडी १ थान, लेडिज झोला, परपल रंगको सल, सामसुङको व्द्द मोवाईल १ थान चोरी गरि फरार भएका थिए ।

साथै बिराटनगरको हाटखोलाबाट कात्तिक २५ गते साँझ ७ बजेको समयमा विराटनगर–७ बस्ने चन्द्रकला बस्नेतलाई तानेर भुईमा लडाई निजको ब्याग भित्र रहेको नगद, मोवाईल लगायतका सामानहरू लुटपाट गरेका थिए ।

घटना सम्बन्धमा पिडितहरुले जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोलामा दिएको उजुरीको आधारमा पिडितसंग समेत समन्वय गरी अभियुक्तको खोजतलास तथा लुक्न सक्ने स्थानमा खानतलासी गरी उनीहरुलाइ यही मंसिर १ गते पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट प्रहरीले बिभिन्न कम्पनीको मोवाईल थान–३, विभिन्न कम्पनीको सीमकार्ड ७ थान, लेडिज घडी थान–१, लेडिज चस्मा थान–१ लगायत लुटपाटमा प्रयोग गरिएको लु ३९ प ४३९७ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.