काठमाडौं ,मंसिर २
हाल कक्षा ११ र १२ मा विज्ञान इतरका विषयहरुमा समेत गणित विषयलार्इ अनिवार्य गर्नुपर्ने माग गर्दै अाएकाे नेपाल गणित समाजले थप आन्दोलन गर्ने भएको छ । त्यसका लागि समाजले अाफ्नाे मागमा एेक्यवद्धता जनाएका ४ अाेटा संगठनसहितकाे बैठक साेमबार बाेलाएकाे छ ।
राजधानीकाे बागबजारस्थित पद्मकन्या क्याम्पसमा अायाेजना गरिएकाे बैठकमा अाफूहरुले यसअघि राखेकाे मागप्रति सरकारकाे व्यवहार र अान्दाेलन भावी दिशाबारे छलफल हुने बताइएकाे छ । समाजले प्रधानमन्त्री र शिक्षामन्त्रीसँगै पाठ्यक्रम विकास केन्द्रलाई समेत ध्यानाकर्षण गराएकाे थियाे । तर त्यसकाे कुनै प्रतिक्रिया नअाएकाे समाजका सहसचिव जीवन काफ्लेले बताए ।
हाल कक्षा ११ र १२ मा ५ ओटा विषय रहेकोमा ४ ओटा अनिवार्य र एउटा ऐच्छिक रहेकोमा सरकारले ४ ओटा विषय अनिवार्य र ३ ओटा विषय ऐच्छिक रहनेगरी पाठ्यक्रम तयार गरेको छ ।
अनिवार्य रहेका ४ विषयमा गणित नरहने तर बाँकी ३ ओटा ऐच्छिक विषयमध्ये गणित अध्ययन गर्न चाहनेले २ विषय पढ्नुपर्ने र त्यसो गर्दा विद्यार्थीले आफ्नो खास छनोट गरेको विषयको भने एउटामात्र विषय पढ्नुपर्ने गरी पाठ्यक्रम बनाएको छ ।
यस्तो व्यवस्थाले गणित पढ्ने कि आफूले रोजेको विषय पढ्ने भन्ने दुविधा विद्यार्थीमा रहन्छ । त्यसैले हामीले ‘जीवन उपयोगी’ शिक्षालाई ऐच्छिकमा समावेश गरेर एउटा गणित विषयलाई अनिवार्य बनाउन माग गरेका हौं–काफ्लेले विकास न्यूजसँग भने ।
समाजले राखेको मागलाई विभिन्न विश्वविद्यालयशरुले समेत समर्थन जनाएको उनको चनाई थियो । यस्तो पाठ्यक्रमले गर्दा विश्वविद्यालयहरुमा हाल रहेको पाठ्यक्रम अनुसारका विषय पढ्न समेत गाह्रो हुने विश्वविद्यालय अन्तर्गतका विभागहरुले गणितलाई अनिवार्य गर्नुपर्ने सुझाव दिइसकेका छन् ।
विज्ञान विषयमा भने अनिवार्य रुपमा गणित पढ्नै पर्ने व्यवस्था गरिएको छ । पहिले गणित विषयका विद्यार्थीहरुका लागि समेत अनिवार्य नगरिएकोमा सरकारको चौतर्फी आलोचना भएपछि सरकार पछि हटेको थियो ।
हाल कक्षा ११ र १२ मा गणित विषय अध्यापन गर्ने शिक्षकहरुको संख्या करिब ५ हजार छ । यस्तो व्यवस्थाले उनीहरुको भविष्यमा प्रत्यक्ष असर गर्नेछ । यद्यपि शिक्षक समाजले भने यो विषय शिक्षकसँग नभएर सम्पूर्ण विद्यार्थीहरुसँग जोडिएको भन्दै सरकारले जनतालाई सामान्य गणितीय व्यवहार गर्ने अवस्थाबाट समेत विमुख बनाउन लागेको आरोप लगाएको छ । यसले विद्यालय तहपछि सामान्य विद्यार्थीले पढ्ने प्राविधिक विषयहरु समेत पढ्न अप्ठ्यारो हुने समाजको दाबी छ ।
(विकास न्युजबाट)