गुणस्तर सुधार्ने योजनामा नर्सिङ क्याम्पस

गुणस्तर सुधार्ने योजनामा नर्सिङ क्याम्पस

विराटनगर, मंसिर २
प्राविधिक शिक्षा अन्तर्गतको नर्सिङ शिक्षा अध्यापन गराउने पूर्वको एकमात्र विराटनगर नर्सिङ क्याम्पसले पाँच वर्षे रणनीतिक योजना निर्माणको गृहकार्य सुरु गरेको छ ।

क्याम्पसको भौतिक, सामाजिक तथा शैक्षिक स्तरको विकास साथै प्रवद्र्धनको उद्देश्यसहित अघि सारिएको योजनाहरुमाथि छलफल अघि बढाउँदै नर्सिङ क्याम्पसले गुणस्तर विकासमा सम्भावनाको खोजी सुरु गरेको हो ।

गोष्ठिको उद्घाटन कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख मेनुका भण्डारीले संस्थाको भौतिक अवस्था अत्यन्तै जीर्ण भएको भन्दै नर्सिक संकाय अध्ययन गराउने पूर्वको एकमात्र धरोहरलाई विकास गराउन सबै सकृयतासाथ लाग्नुपर्ने बताइन् ।

क्याम्पसको पाँच वर्षे रणनीतिक योजना निर्माणका लागि आयोजना गरिएको कार्यशाला गोष्ठमा बोल्दै विराटनगरका मेयर भीम पराजुलीले क्याम्पसको विकासकालागि महानगर साझेदारी गर्न तयार रहेको धारणा राखे ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले क्याम्पसको स्तरोन्नतिका लागि आवश्यक पर्ने सबै संरचना निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।

तीन दिनसम्म चल्ने उक्त कार्यक्रममा प्रकाश पौडेल र टेकबहादुर थपलियाले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.