काठमाडौँ– सरकारले कनिष्ठ कर्मचारीको माहतमा वरिष्ठ कर्मचारी व्यवस्थापन गर्न खोजेपछि शिक्षाका झन्डै १ सय उपसचिवले नगरपालिकामा जान अस्वीकार गरेका छन् ।
मन्त्रालयले आफूहरुलाई मनपरीरुपमा व्यवस्थापन गर्न खोजेको आरोप लगाउँदै शिक्षाका उपसचिवहरु स्थानीय तहमा जान नचाहेका हुन् ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चार दिनअघि १ सय ५५ उपसचिवलाई विभिन्न कार्यालय र नगरपालिकामा खटाएको थियो ।
तर तीमध्ये करिब १ सय उपसचिवले हालसम्म पत्र बुझन मानेका छैनन । सरकारले २ सय ४५ नगरपालिकामा शिक्षाका उपसचिव खटाउने निर्णय गरेको थियो । अधिकृत स्तरका कर्मचारी प्रमुख प्रशासकीय अधिकृत भएको स्थानीय तहमा उनीहरुले पुन नजाने अडान दोहो¥याएका छन् ।, यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।