‘गरुड पुराण’मा ब्यान्ड मास्टर बने नाजिर,माघ ४ गतेदेखि प्रदर्शन हुँदै

‘गरुड पुराण’मा ब्यान्ड मास्टर बने नाजिर,माघ ४ गतेदेखि प्रदर्शन हुँदै

काठमाडौँ, मंसिर ३
नेपाली चलचित्र गरुड पुराण माघ ४ गतेदेखि प्रसारणमा आउने भएको छ । निर्देशक सुवास कोइरालाले चलचित्रको प्रदर्शन मिति तय गर्दै फस्ट लुक्सको रूपमा आइतबार पोस्टर रिलिज गरेका हुन् ।

गरुड पुराणलाई मोफसल वितरक एफडी कम्पनी र काठमाडौँ वितरक कम्पनी स्टेसन फाईबले ४ माघलाई प्रदर्शन मिति तय गरेको हो । पोस्टरमा अभिनेता नाजिर हुसेनलाई ब्यान्ड मास्टरको रूपमा प्रस्तुत गरिएको छ । अभिनेताहरू कर्मा शाक्य, प्रवीण खतिवडा, कामेश्वर चौरसिया, र अभिनेत्री प्रियङ्का सिंह ठकुरी पोस्टरमा समेटिएका छन् ।

पारिवारिक प्रेमकथामा आधारित आफ्नो सिनेमा हास्य प्रधान जनरामा तयार भएको निर्देशक कोइरालाले बताए । अजित प्रजापति र अशोक गौतमद्धारा निर्माण गरिएको यो चलचित्रमा लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ पनि मुख्य भूमिकामा छन् ।

कसम नेपालको कथा रहेको यो चलचित्र आकाश बराल, बिनोल खतिवडा र निर्देशक सुवास आफैँले लेखेका हुन् । रेनेशा बान्तवा राईको कोरियोग्राफी रहेको यो चलचित्रमा कोसिस क्षेत्रको सङ्गीत, कोशिस र मनीषा पोखरेलको गायन, सुसन प्रजापतिको छायाङ्कन, उज्ज्वल ढकालको सम्पादन रहेको जनाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.