काठमाडौँ, मंसिर ४
डिसेम्बर ८ गते देखी सुरु हुने तेस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) प्रतियोगिताको खेल तालिका सोमबार सार्वजनिक भएको छ ।
काठमाडौँको टीयू क्रिकेट मैदानमा हुने सो प्रतियोगिता डिसेम्बर २२ सम्म चल्ने छ ।
डिसेम्बर ८ मा ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुर र पारस खड्काले नेतृत्व गरेको विराटनगर वारियर्सबीच उद्धघाटन खेल हुने छ ।१५ दिन सम्म चल्ने प्रतियोगितामा कुल १९ खेल हुने छन् ।
६ टोली सहभागिता रहेको खेलमा समहु चरणमा एक टोलीले अर्को टोलीसँग खेल्नुपर्ने हुन्छ । शीर्ष ४ टोलीले प्ले अफमा स्थान बनाउने छन् ।समुह चरणको खेल सकिएपछि अंक तालिकाका शिर्ष दुई टोली क्वालिफायर खेल खेल्ने छन् । पहिलो क्वालिफायरमा डिसेम्बर १८ मा हुने छ । विजेता टोलीले फाइनलमा सिधै स्थान बनाउने छ ।
तेस्रो र चौथो स्थानमा रहेका टिमले १९ डिसेम्बरमा एलिमिनेटर खेल खेल्नुपर्ने हुन्छ । एलिमिनेटरको खेलमा विजेता टोलीले फाइनल प्रवेशको लागि २० डिसेम्बरमा क्वालिफायर १ मा पराजित टोलीसँग खेल्ने छ । फाइनल खेल २२ डिसेम्बरमा हुने छ ।
समुह चरणका खेलमा विहान ९ र दिउँसो १ वजे हुने छन् भने उद्धघाटन, क्वालिफायर, एलिमेनटर फाइनल खेल १ बजे पछि हुने छन् ।