भोलि प्रदेश २ मा विदा

भोलि प्रदेश २ मा विदा

जनकपुर, मंसिर ४
प्रदेश २ सरकारले बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ ।

मंसिर ५ गते मुस्लिम धर्मावलम्बीहरुको विशेष दिन अर्थात् पैगम्बर मोहम्मदको जन्मदिन परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

सरकारको २०७४ साल चैत २४ गते बसेको मन्त्रीपरिषदको निर्णयअनुसार प्रदेश २ मा बुधबार बिदा दिइएको कानुन मन्त्रालयले जनाएको छ ।

बुधबार प्रदेश २ का आठवटै जिल्लाका सरकारी कार्यालय, संस्थान र शिक्षालयमा बिदा दिइएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.