उर्लाबारीमा भीषण आगलागी

उर्लाबारीमा भीषण आगलागी

विराटनगर, मंसिर २
मोरङको उर्लाबारी नगरपालिकामा भीषण आगलागी भएको छ । उर्लाबारी–७ इटहरा रोडमा भक्तिराम अधिकारीको पसलमा आगलागी भएको हो।

करिब पौने २ बजेतिर एउटा किराना पसलबाट सुरु भएको आगलागि विर्तामोड, र इटहरीबाट आएका दमकलको सहयोगमा आगो निभाइएको थियो ।

आगलागीबाट अधिकारीको हेलसेल किराना पसलमा पूर्ण रुपमा क्षति भएको छ । आगलागीबाट भएको क्षतिको बिषयमा यकिन भएको छैन भने घरमा कोही नभएका कारण के कारण आगलागी भएको भन्ने बारेमा पनि केही जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.