नोबेल हस्पिटलले मनायो १४ औं बार्षिकोत्सव,विश्वकै उदाहरणीय बनाउने संचालकको दाबी

नोबेल हस्पिटलले मनायो १४ औं बार्षिकोत्सव,विश्वकै उदाहरणीय बनाउने संचालकको दाबी

विराटनगर, मंसिर ५
विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिभिन्न कार्यक्रम गरेर आफनो १४ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी र बिद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथै सांस्कृतिक प्रस्तुति पनि देखाईएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नोबेल शिक्षण अस्पताल स्वास्थ्य र शिक्षा क्षेत्रमा उदाहरणीय बन्दै गएको बताए ।

नोबेल अस्पताल उपचारका क्षेत्रमा फड्को मार्दै गएको भन्दै उनले शिक्षा क्षेत्रमा पनि सर्वोत्कृष्ट नतिजा ल्याउँदै उत्कृष्ट सस्थाको रुपमा स्थापित भएको उल्लेख गरे । कार्यक्रममा प्रदेशसभा सदस्य केदार कार्कीले नोबेल अस्पताल १ नम्बर प्रदेशको मात्र नभई मुलुककै गर्व गर्न लायक सस्था बनेको जिकिर गरे ।

 

नोबेल गरिब र बिपन्न बिरामीको सहाराको रुपमा रहेको भन्दै नेता कार्कीले नोबेललाई संजिवनी पहाडको संज्ञा पनि दिए । नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले स्वास्थ्य र शिक्षा क्षेत्रमा रेकर्ड ब्रेक गर्दै आएको नोबेललाई विश्वकै उदाहरणीय बनाउने दावी गरे ।

 

सफलता हासिल गर्ने क्रममा नोबेलले धेरै रेकर्ड व्रेक गरिसकेको भन्दै डा.शर्माले अब नोबेललाई विश्वकै उदाहरणीय सस्थाको रुपमा स्थापित गर्ने गरी अघि बढिरहेको बताए ।

बार्षिकोत्सव उत्कृष्ट कार्यसम्पादन गर्ने २० जना कर्मचारी र उत्कृष्ट अंकसहित उत्रीर्ण हुने २४ जना बिद्यार्थीलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.