विराटनगर : प्रतिनिधिसभातर्फ ६ वटा क्षेत्र रहेको मोरङमा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षका लागि ९६ वटा योजना छनौट गरिएको छ । स्थानीय पुर्वाधार विकास कार्यक्रम अन्तरगत २४ करोड रुपैँया बजेट खर्च गर्नका लागि ९६ वटा योजना छनौट गरिएको हो ।
निर्वाचन क्षेत्र विकास कोष सञ्चालन निर्देशिका अनुसार सडक, नदी, नियन्त्रण एवंम भौतिक पुर्वाधारका योजनाहरु छनोट भएको जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले जानकारी दिए ।
प्रत्येक निर्वाचन क्षेत्रमा सांसद विकास कोषमार्फत चार– चार करोड रुपैँया खर्च गर्न पाउने ब्यबस्था छ । योजना अन्तर्गत एउटा निर्वाचन क्षेत्रमा बढीमा २० वटा योजना छनौट गर्नुपर्ने उल्लेख छ ।
छनौट गरिएका योजनामा सडक निर्माणका लागि १६ करोड ३४ लाख र भवन निर्माणका लागि ७ करोड ६६ लाख रुपैँया विनियोजन गरिएको छ । छनोट गरिएका योजना १० लाख देखि एक करोड १० लाख रुपैँया सम्मका छन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।