शनिबारदेखि विराटनगर विमानस्थलबाट माउन्टेन फ्लाईट

शनिबारदेखि विराटनगर विमानस्थलबाट माउन्टेन फ्लाईट

विराटनगर : आउँदो शनिबार (मंसिर ८) देखि विराटनगर विमानस्थलबाट व्यावसायिक रुपमा माउन्टेन फ्लाईट हुने भएको छ ।

विराटनगरका होटल, पर्यटन तथा ट्राभल्ससम्बद्ध व्यवसायीहरुले विराट हेलिजेड्जका नाममा व्यवसायिकरुपमा माउन्टेन फ्लाईट गर्ने मंगलबार आयोजित पत्रकार सम्मलेनमा जानकारी दिए ।

विराटनगर ट्राभल्स एशोसिएसनका अध्यक्ष फडिन्द्र अधिकारीले फ्लाईटमा जानेले कञ्चनजङ्घादेखि सगरमाथासम्मको हिमश्रङ्खला अवलोकन गर्न पाउने बताए ।

विराटनगरबाट एयर चार्टरमा सुरु गरिने माउण्टेन फ्लाईटमा प्रतियात्रु ९ हजार नौसय रुपिँया भाडादर कायम गरिएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.