विराटनगर, मंसिर ६
समाजसेवी दीनबन्धु गोयलले विराटनगरस्थित पूर्वाञ्चल बाल सेवा आश्रमका आश्रित बालबालिकालाई एक बर्षको खाजाको ब्यवस्थापन गर्ने भएका छन् ।
आश्रम परिसरमा बुधबार आयोजित कार्यक्रमकाबीच उनले सो आश्रमका आश्रित बालबालिका र जेष्ठ नागरिककालागि एकबर्षको खाजा ब्यवस्थापन गर्ने घोषणा गरेका हुन् ।
घोषणासंगै उनले पहिलो चरणमा एक महिनाको खाजाकालागि आवश्यक पर्ने ८ बोरा चिउराभुजा उपलब्ध गराएका छन् । आश्रम सञ्चालिका सिता पोखरेललाई ४ बोरा चिउरा र ४ बोरा भुजा उनले हस्तान्तरण गरेका हुन् ।
समाजसेवी गोयलले आश्रमका आश्रितकालागि आवश्यक पर्ने खाजा सामाग्रि प्रत्येक महिना उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।