खुर्सिद हत्याको कारण नखुल्दै हुसेनको हत्या

खुर्सिद हत्याको कारण नखुल्दै हुसेनको हत्या

विराटनगर : सुनुसरीको हरिनगर – २ भुटहाका खुर्सिद आलम अन्सारीको हत्याको अनुसन्धान निचोडमा नपुग्दै सुनसरीमा अर्का व्यक्तिको हत्या भएको छ ।

खुर्सिदको गोली हानी हत्या भएको ६१ दिनपछि बुधबार दुहवी नगरपालिका– ९ का ५४ वर्षीय मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको हो ।

बुधबार बिहान कान्छी श्रीमती आशा खातुन ऋषिदेवसँग मर्निङ वाकमा निस्किएका हुसेनमाथि उनको घरदेखि करिब डेढ किलोमिटर उत्तरतर्फ रहेको जयबाबा इँट्टा उद्योग अगाडि गोली प्रहार भएको हो ।

छातीमा गोली लागेका उनलाई न्युरो अस्पताल विराटनगर ल्याउँदैगर्दा मृत्यु भएको सुनसरी प्रहरी प्रवत्ता डीएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्र अन्तर्गत हेल्परको रुपमा कार्यरत हुसेनलाई बाटो ढुकेर बसेका व्यक्तिले गोली प्रहार गरेको बताईएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.