काठमाडौमा उद्योगी र प्रशासक बीच भिड्न्त

काठमाडौमा उद्योगी र प्रशासक बीच भिड्न्त

काठमाडौं, मंसिर ६
सातौ कर सप्ताहको अवसरमा कर प्रशासन र उद्योगी व्यवसायीबीच मैत्रीपुर्ण फुटबल खेल भएको छ । सातौ कर सप्ताहको अवसरमा आज काठमाडौको भद्रकालीस्थित नेपाली सेनाको फुटबल मैदानमा कर प्रशासन र उद्योगी व्यवसायीबीच मैत्रीपुर्ण फुटबल भएको हो ।

कर प्रशासनको तर्फबाट आन्तरिक राजश्व विभाग, विभिन्न कर कार्यालय, भंन्सार विभाग तथा अर्थ मन्त्रालयका कर्मचारी र उद्योगीहरुको तर्फबाट उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, शेखर गोल्छा, पशुपति मुरारका, चन्द्र ढकाल लगायतबीचको मैत्रिपुर्ण खेल निकै रोमाञ्चक देखिएको थियो ।

कर प्रशासन समूहको तर्फबाट आन्तरिक राजश्व विभागका प्रमुख विष्णुप्रसाद नेपाल र उद्योगी समुहको तर्फबाट उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले टोली नेताको भुमिका निर्वाह गरेका थिए ।
मैत्रीपुर्ण खेल हेर्न अर्थमन्त्री युवराज खतिवडा पनि खेल मैदान पुगेका थिए । खेलमा उद्योगीहरुको टीम विजयी भएको छ । उद्योगीको टिमले ३ गोल हानेको थियो भने कर प्रशासकहरुको टिमले एक गोल फर्काएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.