वीरगञ्ज, मंसिर ६
विरगञ्ज महानगरपालिकाबाट १० किलो चाँदीसहित एकजनालाई पक्राउ गरिएको छ ।
पर्साको विरगञ्ज उपमहानगरपालिका वडा नम्बर २८ स्थित सर्सिया खल्वाटोमा चेकजाँच गर्ने क्रममा BR 22 AD 3520 नम्बरको भारतीय मोटरसाईकलमा विरगञ्जबाट रक्सौलतर्फ जाँदै गरेका गुल्सन साह कानुको मोटरसाईकलको एयरफिल्टर भित्रबाट १० किलो चाँदी बरामद गरिएको हो ।
मोटरसाईकलको एयरफिल्टरभित्र ५ के. जी चाँदीका दुई पोका चाँदी बरामद गरी कानुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।