काठमाडौँ,मंसिर ७
नेपाली चलचित्र म ‘डोली’ को अफिसियल ट्रेलर लञ्च भएको छ । मंसिर २८ गतेबाट प्रदर्शनमा आउने सो चलचित्रको ट्रेलरमा लभ, एक्सन, कमेडीको समिश्रण देखिन्छ ।
राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्र सामाजिक बिषयमा निर्माण भएको बताइएको छ । किरण नेपालीले निर्माण गरको चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, संगीता नापीत, सानिया खान, अर्जुन गुरुङ, नवीन रेग्मी, प्रशान्त भण्डारी, दामोदर खतिवडा, प्रिया रिजाल, हिउँवाला गौतमलगायतका कलाकारले अभिनय छ ।
सिडी अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको ‘डोली’ लाई जयराम थापाले खिचेका हुन् भने रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा शंकर महर्जनको द्वन्द्व निर्देशन र कोरियोग्राफी श्रीकृष्ण परियारले गरेका छन् ।









