विराटनगर, मंसिर ७
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले उद्योगीहरुलाई सहज रुपमा उद्योग स्थापनाकालागि संघीय सरकारले मुलकका विभिन्न ८ स्थानमा ठूला आद्यौगिक क्षेत्र स्थापनागर्ने तयारी गरि रहेको बताएका छन् । उद्योगका समस्या समाधान गर्न सरकार केन्द्रित रहेको बताउदै मन्त्री पण्डितले आद्यौगिक क्षेत्र स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए ।
उद्योग संगठन मोरङल शुक्रबार विराटनगरमा आयोजना गरेको औद्योगिक तथा व्यसायिक प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका र स्थानीय आर्थिक ऐनले पारेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा वोल्दै उनले देशको समृद्धि र जनतालाई सुखी वनाउन उद्यमीहरुको भूमिका महत्वपूर्ण रहेको पनि बताए ।
आर्थिक समृद्धि सरकारको प्रमुख लक्ष्य रहेको बताउदै मन्त्री पण्डितले राजनितिक आन्दोलन समाप्त भएकाले मुलुकको समृद्धिमा अब सरकारको ध्यान केन्द्रित रहेको बताए । वैदेशिक रोजगारवाट आर्जन हुने रेमिट्यान्सबाट आर्थिक समृद्ध कायम हुन नसक्ने वताउदै उनले दक्ष युवाजनशक्तिलाई स्वदेशमा रोजगारी उपलव्ध गराउने खालका योजना ल्याउनुपर्नेमा जोड दिए ।
लामो समयसम्म देश रेमिट्यान्सको भर परेर मात्रै बस्दैन यसबाट आर्थिक समृद्ध कायम हुन सक्दैन उनले भने यसकारण पनि अब दक्ष युवाजनशक्तिलाई स्वदेशमा रोजगारी उपलव्ध गराउने खालका योजना ल्याउन जरुरी छ । कार्यक्रममा प्रदेश नं १ का आर्थिक ममिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवोले संघीयता कार्यान्वयनमा रहेको अबस्थामा कर सम्वन्धी समस्या आगामी दिनमा समाधान हुने बताए ।
उनले प्रदेशमा दरवन्दी अनुसारको कर्मचारी समायोजन नहुदा सरकारको काममा समस्या भएको वताए । उनले राजश्व बांडफाड र प्राकृतिकश्रोतको बाडफाड समाधानकालागि संघीय सरकारले वित्तिय आयोग गठन गर्नुपर्नेमा जोड दिए । हामीले लामो समयदेखि उठाउदै आएकोमुख्य विषय नै वित्तिय आयोगको गठन हो उनले भने आयोग गठन हुने बित्तिकै राजश्व बांडफाड र प्राकृतिकश्रोतको बाडफाडमा देखिएका समस्याहरु समाधान भएर जानेछन ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विकास निमार्णकालागि करको दायरा वढाएको बताए । करवाट उठेको पैसा जनताका लागि विकास निमार्णमा खर्च गरिने उनको भनाई थियो । कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेसहित मोरङ र सुनसरीका स्थानीयतहका प्रमुख,उप्रमुख तथा प्रशासकीय अधिकृतहरुको सहभागिता थियो ।