काठमाडौँ,मंसिर ७
चलचित्र ‘सुश्री सम्पत्ति’को ट्रेलर सार्वजनिक भएको छ । मसिंर २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सो चलचित्रको ट्रेलर शुक्रवार सार्वजनिक गरिएको हो ।
पुर्ण रुपमा कमेडी बनाइएको ट्रेलरमा दुई युवाले पैसा कमाउन गरेको सर्घषलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।
सुब्रत राज आचार्यको निर्देशन रहेको चलचित्रमा सलोन बस्नेत, बिनोद न्यौपाने, सारा र्सिपाली, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीको मुख्य भूमिका रहेको छ भने प्रियंका कार्कीको अतिथि भूमिका रहेको छ ।
चलचित्रमा निर्माताको रुपमा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक आचार्यले लेखेका हुन् ।









