काठमाडौं, मंसिर ८
दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर एवं मुम्बई इन्डियन्सका पूर्व प्रशिक्षक जोन्टी रोड्सको कप्तानीमा हुने जोन्टी ११ र राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहने पारस ११ बीच खेल हुने भएको छ ।
शनिबार विश्व अटिजम दिवसको अवसरमा त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा च्यारिटी खेलको आयोजना गरिएको हो ।
मध्यान्ह १२ बजेदेखि सुरु सो खेल हेर्नका लागि प्रवेश नि ः शुल्क रहेको छ भने अटिजम केयर नेपाल सोसाइटीको कास्की जिल्ला च्याप्टरको सहयोगार्थ हुने खेलमा विविध कार्यक्रम हुने आयोजकले जनाएको छ ।
जोन्टी ‘राइज अफ द क्रिकेटिङ’ नामक हाइ पर्फर्मेन्स क्याम्पका लागि नेपालमा छन् । नेपाल क्रिकेट स्कुल (एनसीएस) र स्पोट्र्स एडले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा रोड्सले उमेर समूहको राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका युवा क्रिकेटर तथा खुला आवेदनमार्फत दर्ता भएकालाई प्रशिक्षण दिइरहेका छन् ।