सप्तरीमा बस दुर्घटना : ५ जनाको मृत्यु, ३० जना घाईते

सप्तरीमा बस दुर्घटना : ५ जनाको मृत्यु, ३० जना घाईते

राजविराज, मंसिर ८
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वा टोलमा रहेको पोखरीमा बस पल्टिँदा ५ जनाको मृत्यु भएको छ भन ३० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालका अनुसार सुनसरीको बराह क्षेत्रबाट फर्केको को १ ख २७९९ नम्बरको तीर्थालु बोकेको बस शुक्रबार राति करिब साढे ८ बजे राजविराज हनुमाननगर पोखरीमा पल्टिएको हो।

मृत्यु हुनेमासप्तरी डाकनेश्वरी ५ की ७० बेचनीदेवी यादव, ६० वर्षीय सिकलादेवी साह, दिनेश रजक, नाम खुल्न नसकेकी उनकी श्रीमती र ठकनी देवी छन्।

घाइतेमध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। सख्त घाइतेलाई धरान र विराटनगर रिफर गर्ने तयारी रहेको अस्पतालले जनाएको छ। वसमा ६५ जना सवार रहेको सप्तरीका एसपी रिमालले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.