विराटनगर : नेपाल आयल निगम विराटनगर डिपोको इन्धन चोरी घटनामा अख्तियारको ध्यानाकर्षण हुनुपर्ने व्यवसायीहरुले नै बताएका छन् ।
को १ ख ५९ ६५ नम्बरको ट्यांकरबाट २ हजार ५ सय लिटर डिजेल चोरी भएको घटनामा अख्तियारको छानविन गर्नुपर्ने भन्दै व्यबसायीहरुले नै अख्तियारको ध्यनाकर्षण गराउन खोजेका हुन् ।
निगम स्रोतका अनुसार भारु ८५ हजार खर्च गरेर लकिङ सिस्टम बनाईएको छ । भारतबाट इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुले बाटामा इन्धन चोरी गरेर विक्री गर्ने समस्या रोक्न नसकेपछि नेपाल आयल निगमले लकिङ सिस्टम सुरु गरेको हो । चालकको विरोधका बाबजुद पनि सो सिस्टम सुरु गरिएको छ ।
हाल १ हजार ९ सय ट्याङ्कर लकिङ सिस्टम जडान गरिएको छ । सो सिस्टम अनुसार नेपाल आयल निगमले जुन ठाउँबाट इन्धन ल्याउने हो त्यहाँको डिपोमा एउटा चावी र अर्को चावी नेपालको जुन डिपोमा ल्याईने हो त्यहाँका प्रमुखको जिम्मामा एउटा चावी रहने गर्दछ र पनि विराटनगर डिपोको इन्धन चोरी भएको हुँदा डिपो प्रमुख दिनेशकुमार यादवको मिलेमतोमा भएको हो भन्दै अख्तियारको ध्यानाकर्षण गराउन खोजिएको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।