उर्लाबारीका बिकी लिम्बूका हत्यारा पक्राउ

उर्लाबारीका बिकी लिम्बूका हत्यारा पक्राउ

विराटनगर, मंसिर ९
काठमाडौंको तीनकुनेमा शनिबार दिउँसो छुरा प्रहार गरी मोरङ ऊर्लाबारीका २७ वर्षीय बिकी लिम्बूको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं टोखाका महेश परियार र हेटौंडाका मनिष बानियाँलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको एसएसपी धीरजप्रताप सिंहले जानकारी दिएका छन् ।

छुरा प्रहारबाट घाइते भएका मोरङ ऊर्लाबारीका २७ वर्षीय बिकी लिम्बूको उपचारको क्रममा ज्यान गएको थियो ।

दिउँसो तीनकुनेको गैरीगाउँमा छुरा प्रहारबाट घाइते भएका अनिल श्रेष्ठको वीर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.