सूचनाको हक नपाएको महेन्द्र मोरङका विद्यार्थीको गुनासो

सूचनाको हक नपाएको महेन्द्र मोरङका विद्यार्थीको गुनासो

विराटनगर, मंसिर १०
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका विद्यार्थीहरुले आफुले दिएको परीक्षाको कपी त्रिभुवन विश्वविद्यालयले हेर्न नदिएको गुनासो गरेका छन् ।

उनीहरुले परीक्षाफल सम्बन्धि सुचना प्रवाह झन्झटिलो रहेको पनि बताएका छन् । राष्ट्रिय सूचना आयोगद्वारा विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आईतबार आयोजना गरिएको सूचनाको हक सम्बन्धि अन्तरक्रियामा विद्यार्थीहरुले यस्तो गुनासो गरेका हुन् ।

उनीहरुले सरकारी तथा स्थानीय तहहरुबाट सहजै सूचना पाउन नसकेको पनि गुनासो गरे । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले ब्यवस्था परिवर्तन भएपनि मानसिकता परिवर्तन हुन नसकेका कारण सूचनाको हक प्रभावकारीरुपमा कार्यान्वय हुन नसकेको बताएका छन् ।

सर्वसाधारणले सहजरुपमा सूचना पाउनुपर्ने संबैधानिक अधिकार भएपनि सार्वजनिक सरोरकारका सूचनाहरु समेत सहजरुपमा पाउन नसकिरहेको उनले बताए ।

पोखरेलले सर्वसाधारणले सहजरुपमा सूचना हासिल गर्नसकुन भन्ने उद्धेश्यसहित आयोगले काम गरिरहेको बताए । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बाबुराम तिमल्सिनाले सूचनाको हकलाई ब्यवहारिकरुपमा कार्यान्वयन गर्न सबै पक्ष जिम्मेबार हुनुपर्ने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.