अवैध हतिहारको प्रयोग : एक सातामा चार पक्राउ

अवैध हतिहारको प्रयोग : एक सातामा चार पक्राउ

विराटनगर : प्रहरीले एक साताको अवधीमा दुई हतियारसहित चार जनालाई पक्राउ गरेको छ । मेड इन युएसए लेखिएको पेस्तोल र केही गोलीसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

हतियार नियन्त्रणका लागि विशेष अभियान चलाईरहेको प्रहरीले शनिबार भारतबाट पेस्तोल बोकेर आएका दुई जनालाई विराटनगर बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

गत सोमबार र मंगलबार पनि दुई ब्यक्तिलाई नियन्त्रणमा लिइएको हो । शनिबार पक्राउ परेका हरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । अनुसन्धान जारी रहेकोले पक्राउ परेकाहरुको नाम गोप्य राखिएको प्रहरी प्रवत्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । गत सोमबार विराटनगर कोशी प्रोजेक्टबाट उदयपुरका मन्दीप तामाङलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका तामाङमाथि अनुसन्धान गर्दा उनले हतियार बुझाउने ब्यक्ति सुनसरी खनारका सुशील साहलाई मंगलबार पक्राउ गरको थियो । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।

सुक्ष्म रुपमा हतियार अनुसन्धान गरिरहेको प्रहरीले कुन प्रायोजनका लागि हतियार आयात गरिएको हो भन्ने केही खुलाएको छैन ।प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरु भरियामात्र हुन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.