आर्सनलले बोर्नमाउथलाई २–१ ले हरायो

आर्सनलले बोर्नमाउथलाई २–१ ले हरायो

एजेन्सी,मंसिर १०
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले बोर्नमाउथलाई पराजित गरेको छ । बोर्नमाउथमा भएको खेलमा आर्सनलल बोर्नमाउथलाई २–१ ले पराजित गरेको हो ।

आर्सनलले खेलको ३०औं मिनेटमा आत्मघाती गोलबाट खेलमा अग्रता बनाएको थियो । सिड कोलासिनाकको प्रहार बचाउने क्रममा जेफर्सन लेर्माले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

पहिलो हाफको इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा जोसुवा किङले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । जोसुवाले डेभिड ब्रोक्सको पासलाई सदुपयोग गरेका थिए ।

दोस्रो हाफको ६७औं मिनेटमा पिएर इम्रिक औवामियाङले कोलासिनाककै पासलाई गोलमा परिणत गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए । खेलभर नै घरेलु टोलीलाई दवावमा राखेपनि आर्सनलले थप गोल गर्न सकेन ।

जितपछि आर्सनल लिगको चौथो स्थानमा उक्लिएको छ भने आर्सनलको १३ खेलबाट २७ अंक पुगेको छ । पराजित बोर्नमाउथ २० अंकसहित आठौं स्थानमा छ । ३५अंकसहित म्यानचेस्टर सिटी लिगको शीर्ष स्थानमा रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.