सुतिरहेको बेला आगलागी , एकै परिवारका ४ सदस्यको मृत्यु

सुतिरहेको बेला आगलागी , एकै परिवारका ४ सदस्यको मृत्यु

झापा, मंसिर १०
झापाको शिवसताक्षी नगरपालिका –७ लालझोडामा आईतबार राती आगलागी हुँदा ३ महिने शिशु सहित एकै परिवारका चार सदस्यको मृत्यु भएको छ ।

सुतिरहेकै बेला अचानक आगलागी हुदाँ उनीहरुको मृत्यु भएको हो ।प्राप्त जानकारी अनुसार आइतबार राती ९ बजेको समयमा उक्त आगलागी भएको हो ।

भानु माध्यमिक बिद्यालयबाट २० मिटर नजिक रहेको खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा ज्यान गएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ ।

मृत्यु हुनेमा ३६ बर्षीय लक्ष्मन खनाल, ३० बर्षीया राधिका खनाल, ४ बर्षीया सुप्रिया खनाल तथा ३ महिनाका टिकाराम खनाल रहेका छन् । आगलागी हुनकोे कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यस सम्बन्धी थप विवरण आउन बाँकी रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.