विराटनगर, मंसिर ११
उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले गरेको कामको लोकप्रियता मापनगर्ने बेला भइ नसकेको बताएका छन् ।
विराटनगर विमानस्थलमा सोमबार साझ सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले सरकारले योजना बनाएर कामको शुरुवात गरिसकेकाले जनताले देख्नेगरि परिणाम छिट्टै आउने बताए । उनले वर्तमान सरकारले शुरु गरेको लोकप्रिय कामहरुको परिणाम जनताले अनुभूति गर्न पाउने बताए ।
सरकारको लोकप्रियता नघटेको वताउदै उनले योजनावद्ध कामको परिणाम आउन केहि समय लाग्ने बताए । फरक प्रसंगमा पोखरेलले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी विधान अनुसार नै संचालन भएको वताउदै तल्लो स्तरमा पार्टी एकीकरण सम्वन्धमा पार्टी सचिवालयले गृह कार्य गरिरहेको बताए ।